कम्युनिस्टहरुले न्यायालयमा आक्रमण गरेः शेरबहादुर केसी

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कम्युनिस्ट सरकारले न्यायालयमाथि ठूलो हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले सरकारकै हस्तक्षेपका कारण न्याय परिषदको बैठक बस्न नसकेको बताए ।

‘न्याय परिषदको बैठक बस्न सकेको छैन’, उनले भने, ‘कानूनमन्त्री आउँदिन भनेपछि सरकारी बस्न सक्छ बैठक ?’

सरकारले न्यायालयमाथि हस्तक्षेप गरेर प्रधानन्यायाधीश नियुक्तिमा परम्परा तोडिएको बताए । प्रधानन्यायाधीशबाट अस्वीकृत दीपकराज जोशीले सर्वोच्च अदालतमा आएर दैनिक काम गर्नुपर्ने बताए ।

Published : Thursday, 2018 October 4, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया