कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक सोमबारसम्मका लागि सारेको छ ।

नेताहरूको व्यस्तताका कारण केन्द्रीय कार्यसमितिको बैठक असोज २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेविसंघको महाधिवेशन, कम्युनिस्ट सरकारको गतिविधि, महँगी आदिका विषयमा छलफल हुने बताइएको थियो ।

Published : Thursday, 2018 October 4, 7:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया