यी हुन् ओली सरकारलाई साथ दिएका ‘भ्रष्ट’ सांसद, सडकमा आए रौनियार

काठमाडौं । भ्रष्टाचार अभियोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसद हरिनारायणप्रसाद साह रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा शुक्रबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्धा दायर हुनेवित्तिकै सांसद पद निलम्बनमा परेको हो ।

अख्तियारले सभामुखलाई सांसद रौनियारविरुद्ध भ्रष्टाचारमा मुद्धा चलाएको जानकारी दिएको थियो । रौनियर पर्सा–३ बाट संघीय फोरमको तर्फबाट निर्वाचित भएका हुन् ।

अख्तियारले शुक्रबार विशेष अदालतमा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गर्दै रौनियारविरुद्ध मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माणका लागि ठेक्क लिने तर काम नगर्ने गरेपछि सर्वाधिक विवादमा तानिएको थियो । कम्पनी विवादमा तानिएपछि सांसद रौनियारले छोरा सुमितलाई बद्नाम पप्पु कन्ट्रक्सनको अध्यक्ष बनाएर बच्न प्रयास गरेका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा छोरा सुमितविरुद्ध समेत बाबु हरिनारयणको जत्तिनै १९ करोड ३२ लाख २५ हजार बिगो दाबी गरेको छ ।

पम्पुका मालिका बाबुछोरासहित अख्तियारले १२ जना विरुद्ध दायर गरेको मुद्दामा कुल ९० करोड भन्दा धेरै अख्तियारले बिगो दाबी गरिएको छ ।

सौनियारको दलले केपी ओली नेतृत्वको सरकारलाई साथ दिएको छ । रौनियारको दल सरकारमा सहभागी छ ।

Published : Friday, 2018 October 5, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया