प्रचण्डद्वारा डा.ओलीको अहिलेसम्मकै ठूलो आलोचना, पूर्वएमालेभित्र खैलाबैला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा.केपी ओली (मानार्थ विद्यावारिधी) नेतृत्वको सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब गियर बदल्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । उनले भने, ‘अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिनुपर्छ ।’

प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने बताए । उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने उल्लेख गरेका छन् ।

प्रचण्डले डा.ओली सरकारको पहिलो पटक यति ठूलो आलोचना गरेका छन् । यसअघि पनि आलोचना गरिए पनि गियर नै परिवर्तनको कुरो आएको थिएन ।

प्रचण्डले गियर बदल्ने कुरा कुन अर्थमा भनेका हुन् स्पष्ट पारेका छैनन् । प्रचण्डको यो अभिव्यक्तिले पूर्वएमालेका नेताहरूलाई सोँच्न बाध्य बनाएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिए ।

Published : Saturday, 2018 October 6, 2:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया