यी हुन् महिला पनि नभन्ने कम्युनिस्टबाट जितेका अध्यक्ष

कालिकोट । कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित पलाँत गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले एक महिलालाई कुटपिट गरेपछि बबण्डर भएको छ ।

अध्यक्ष लक्ष्मणबहादुरले सुनसरा बमलाई कुटपिट गरेको भन्दै स्थानीय महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पलाँता गाँउपालिका–९ थिर्पुकी स्थानीय सुनसरा बमले गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपछि अध्यक्षलाई कारबाहीको माग गरेर शुक्रबार प्रदर्शन समेत भएको छ ।

कुटिएको भन्दै न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी सुनसरा बमले गाउँपालिका अध्यक्षले मदिरा बेचेको आरोपमा आफूलाई कुटपिट गरेको बताइन् ।

गाउँमै सानो खुद्रा पसल र खाजा पसल सञ्चानल गर्दै आएकी सुनसराले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा र गाउँका मान्छेले मदिरा ल्याएर आफ्नो पसलमा बसेर खाएको निहुँमा कुटपिट गरिएको बताइन् ।

केही युवाको समूह र गाउँपालिका अध्यक्षले आफू र आफ्ना श्रीमानलाई कुटेको सुनसराको आरोप छ । स्थानीय महिलमाथि कुटपिट गर्ने पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई कानूनी कारबाहीको माग गर्दै कालिकोटका महिलाहरू विरोधमा उत्रिएका छन् ।

कांग्रेस निकटको नेपाल महिला संघ कालिकोटले शुक्रबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा नाराबाजीसहित प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

गाउँमा आएको सिंहदरबारका प्रमूखले नै महिलामाथि ज्यादती गरेको आरोप लगाउदै कारबाहीको माग गरेको छ। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सुनसरालाई आफूले कुटपिट नगरेको बताएका छन् ।

स्थानीय एक जना दलित युवा सुनसराको नास्ता पसलमा चुरोट सल्काउन आएका बेला दलितले किन चुलो छोएको भनेर उनीहरूले कुटपिट गरेपछि विवाद उत्पन्न भएको बताए ।

Published : Saturday, 2018 October 6, 4:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया