कम्युनिस्ट सरकारका प्रवक्ता बास्कोटाका यी हुन् अहँकारी अभिव्यक्तिहरू

काठमाडौं । कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले दुई तिहाईको सरकारको आलोचना गरेकोमा सञ्चारमाध्यम र पत्रकारहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले वर्तमान सरकारको पक्षमा सञ्चारमाध्यम र पत्रकारहरूले कहिल्यै पनि सकात्मक समाचार नलेखेको आरोप लगाए । बास्कोटाले स्वार्थअनुसारको विरोध गरेको बताए ।

आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बास्कोटाले सरकारले धेरै राम्रा काम गरेको बताए । उनले सरकारले गरेका सकारात्मक र राम्रा कुरा कहिल्यै पनि समाचार नबनेको गुनासो गरे ।

‘सरकारले गरेका राम्रा र सकारात्मक समाचार लेख्नु पर्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘जहिले पनि नकारात्मक समाचार लेख्ने । के सरकारले नराम्रा मात्रै काम गरेको छ र ?’ मन्त्री बास्कोटाले सरकारको पक्षमा समाचार लेख्नुपर्ने बताए ।

संसदको विकास समितिकी सभापति कल्याणी खड्कालाई निर्णय बदल्न आफूले दवाव नदिएको मन्त्री बास्कोटाले दवाव दिए । ऐन कानूनमा नै नभएको निर्णय हुन थालेपछि विकास समितिको सभापतिलाई स्मरण गराएको उनले बताए ।

मन्त्री बास्कोटाले पत्रकारहरूका विरुद्ध आफूले केही नभनेको बताए । ‘मैले पत्रकार र पत्रकारिताका बारेमा बोल्न नपाउने ? पत्रकार महासंघ कता ?’, महासंघलाई प्रश्न गर्दै मन्त्री बास्कोटाले भने, ‘पत्रकारलाई दशैँ खर्च लिन आउ भनेको छैन । यो सरकार पत्रिकाले बनाएको पनि होइन । पत्रिकाले बचाउने पनि होइन ।’

मन्त्री बास्कोटाले कड्किदै भने, ‘म निर्वाचित भएर आएको हो । म दुई नम्बरको भोट लिएर जितेको मान्छे हो ।’ उनले आफ्नो आलोचना नगर्न पत्रकारहरूलाई चेतावनी पनि दिएका छन् ।

आफूले कसैलाई दशैँ खर्च चाहिएको भए लिन आउन भनेको स्वीकार गरे । ‘पैसा कसैलाई चाहिएको छ भने लिन आए भो नि ! दशैँ आएको छ भनेकै हो ।’ सरकारले समानुपातिक विज्ञापन दिएको बताएका मन्त्री बास्कोटाले भने, ‘विज्ञापनमार्फत पैसा त लिएकै छन् नि !’

नेपाल पत्रकार महासंघले कुरै नबुझेर आफ्नो विरोध गरेको भन्दै मन्त्री बास्कोटाले भने, ‘पत्रकार महासंघ कस्को संस्था हो ? कसका लागि काम गरेको छ ? म पनि पत्रकारिताबाट आएको हुँ । मले पनि अलिअलि बुझेको छु ।’

Published : Sunday, 2018 October 7, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया