‘नेकपा’भित्र विवाद बढ्यो, बैठक नै प्रभावित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक नेताहरूबीच कुरा मिल्न नसकेपछि स्थगित भएको छ ।

बैठक बस्न नसकेपछि नेकपाका गुटका नेताहरूबीचको विवाद सतहमा आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष डा.केपी ओली (मानार्थ विद्यावारिधी) र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझै गहिराइ लिएको स्रोतले जनाएको छ ।

पार्टी समायोजनमा भएका निर्णयप्रति असहमति जनाउँदै नेता नेपालले पार्टी मुख्यालयमा असन्तुष्टि पत्र नै दर्ता गराएका छन् ।

बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने बताइएको थियो ।

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहेका बेला डा.ओली र प्रचण्डले प्रदेश कमिटी इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । यो निर्णयलाई नेता नेपाललाई चित्त बुझेको छैन ।

Published : Sunday, 2018 October 7, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया