आइजीपीको चेतावनीले बद्मास हाकिमहरूको खुट्टा थुरुरु…

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र शुद्धीकरण अभियान शुरु गर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार सम्बोधन गर्दै प्रहरीभित्र खनालले धमिरा प्रवृत्ति हावी भएको बताए । ‘केही धमिरा प्रवृतिका प्रहरीले गर्दा सिङ्गो संगठन बदनाम हुने अवस्था आएको छ’, उनले भने, ‘अब प्रहरी संगठनका ‘धमिरा’लाई छानीछानी फाल्छु ।’

आइजीपी खनालले संगठनका उच्च अधिकारीको भूमिकालाई लिएर आक्रोश पोखेका थिए । उनले आफ्नो आचरणमा रहन पटक–पटक निर्देशन दिएको पनि स्मरण गराए ।

‘मैले आचरणमा सुधार ल्याउन पटक–पटक निर्देशन दिएको छु’, खनालले भने, ‘आफ्नो आचरण नसुधारी संगठनलाई बदनाम गराउनेलाई अब खोजीखोजी कारबाहीको दायरमा ल्याउँछु ।’

‘केही प्रहरी अधिकारीहरूका कारण सिङ्गो संगठनका साथै इमानी प्रहरी अधिकारीसमेत लाञ्छनाको शिकार भएका छन्’, आइजीपी खनालले भनेका छन्, ‘पटक–पटक सुध्रिने मौका दिएको छु । निर्देशनलाई पनि नमानी बदमाशी गर्ने यस्ता धमिरालाई टिपेर फाल्ने अभियान थाल्छु ।’

आइजीपी खनालले जनताको सुरक्षाको जिम्मेवारी काँधमा बोकेको प्रहरीले कुनै पनि गल्ती गर्नै नहुने पनि बताए । ‘जनताले भरोसा गरेर प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने आशा गरेका छन्’, खनालले भने ।

Published : Sunday, 2018 October 7, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया