माओवादीप्रति लक्षित ओलीको नयाँ अभिव्यक्तिले खुमलटारलाई तनाव

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले द्वन्द्वका नाममा भएका सबै अपराध छुट नहुने चेतावनी दिएका छन् ।

काठमाडौमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिने बताए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले माओवादी पृष्ठभूमि भएका नेता कार्यकर्तालाई झट्का लागेको छ ।

शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरू बाँकी रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई पनि मौलिक ढंगले टुंग्याउने बताए ।

Published : Sunday, 2018 October 7, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया