मध्यरातसम्म बस्यो कांग्रेसको बैठक, यी विषयमा भए छलफल

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको विधानमा छलफल गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार अबेर रातिसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघका विधानमाथि छलफल भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसंघको विधानमा उमेर हदका विषयमा विवाद रहँदै आएको छ । कसैले उमेर हद राख्नुपर्ने सुझाव दिएका छन् भने केही केन्द्रीय सदस्यहरूले उमेर हदको नराख्न सुझाव दिएका छन् ।

विधानमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल, महेश आचार्य, कृष्णप्रसाद सिटौला, नवीन्द्रराज जोशी, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, गुरु घिमिरे, रामकृष्ण यादव, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, प्रकाशमान सिंह, अमृत अर्यालसहितका नेताहरूले धारणा राखेका छन् ।

बैठकमा नेताहरूले कम्युनिस्ट सरकारको कामकारबाहीको आलोचना गर्दै देशमा दिन प्रतिदिन शान्ति सुरक्षा बिग्रगर्दै गएको भन्दै आलोचना गरेका छन् । उनीहरूले निर्मला पन्तका हत्यारालाई पक्राउ गरेर हदैसम्मको कारबाही माग पनि गरेका छन् ।

कांग्रेसले कम्युनिस्ट सरकारले दशैंको मुखमा मूल्य वृद्धि गरेको भन्दै जनतालाई राहत दिन माग पनि गरेको छ ।

Published : Sunday, 2018 October 7, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया