नेपालको प्रस्तावले इन्ट्री पाएन, नेकपाको बैठक गफगाफमै सीमित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मूल विषय प्रवेश नै नगरी स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिकाको भ्रमणबारे जानकारी गराएका थिए ।

दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गराएका थिए । नेताद्वय माधवकुरमा नेपाल र नारायणकाजी श्रेष्ठले पनि आ–आफ्ना विदेश भ्रमणको जानकारी गराएका थिए ।

बैठकमा पार्टीभित्रको विवाद र प्रदेश तथा जिल्ला कमिटी समायोजनमा देखिएको विवादमा कुनै पनि विषयमा छलफल भएन । स्रोतका अनुसार अध्यक्ष ओलीले अर्को बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गर्ने भनेपछि कसैले पनि मुख खोल्न सकेनन् ।

नेकपाको सचिवालयको अर्को बैठक असोज २४ गते बस्नेछ । वरिष्ठ नेता माधवकुमार नेपालको पार्टी मुख्यालय धुम्बाराहीमा दर्ता गरिएको फरक पत्रका विषयमा छलफल हुने जनाइएको थियो । तर, त्यो फरक पत्रलाई सचिवालय बैठकमा इन्ट्री दिइएन ।

Published : Monday, 2018 October 8, 5:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया