निर्मला पन्तको योनी पखाल्नेहरूलाई कठोर सजाय

काठमाडौं । कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिएका छन् ।

उनीहरूले निर्मला पन्तको कपडा धुनुका साथै यौनी पखालेर प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको थियो ।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै छ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो ।

निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् ।

Published : Monday, 2018 October 8, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया