मलाई राज्यका अंगले टेर्नै छाडेः केपी ओली

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रिय जनता पार्टी नेपालसँग दुखेसो पोखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति राजपाका नेताहरूसँगको भेटवार्तामा ओलीले आफूलाई कसैले पनि नटेरेको बताएका हुन् ।

ओलीले अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि नटेरेको नेताहरूलाई जानकारी गराएका हुन् ।

‘सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन’, राजपा नेपालका एक नेताले भने, ‘राजपासँग गरेको तीनबुँंदे सहमति मलाई नटेरेकै कारण कार्यान्वयनमा भएको छ ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाएका थिए । ज्ञापन पत्रमा संविधान संशोधन र थुनामा रहेका रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने माग रहेका छन् ।

छठसम्म आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी राजपाले ओलीलाई दिएको छ । माग पूरा नभए फेरि मधेस आन्दोलनमा जाने चेतावनी राजपाको छ ।

ठाकुरको चेतावनीपछि ओलीले फकाउँदै वर्तमान कम्युनिस्ट सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको पनि रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीसँग राति जेदेखि ९ बजेसम्म भएको भेटमा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए ।

राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ ।

Published : Tuesday, 2018 October 9, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया