वामदेवलाई कांग्रेसभन्दा पनि आफ्नै दलका यी नेताको डर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले वामदेव गौतमलाई काठमाडौं ७ मा उम्मेदवार बनाइ सांसद बनाउने विषय उपयुक्त नभएको भन्दै विरोध गरेका छन् ।

बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा काठमाडौं ७ मा उपनिर्वाचन गरी गौतमलाई सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले विरोध गरेका हुन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन प्रचण्डले प्ररस्ताव गरेको स्रोतले जनाएको छ ।

प्रचण्डको प्रस्तावमा सचिवालय सदस्य पोखरेलले विरोध गरेका थिए । ‘यो गलत हुन्छ’, पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो उचित निर्णय हुदैँन, नगरौं भन्नुभयो ।’

गौतमले नेकपाको हरेक सचिवालय बैठकमा आफूलाई संसदमा ल्याउन माग गर्दै आएका थिए । पटक–पटक सांसद बनाउन गौतमले माग गरेपछि केपी ओलीले एउटा सचिवालय बैठकमा वामदेव कमरेडलाई संसदमा आउनेनै चाहना छ भने केही समस्या छैन उहाँका लागि मै सिट छोडिदिन्छु नि भनेर ठट्टा गरेका थिए ।

गौतम बर्दियामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए । काठमाडौं ७ मा भने नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए ।

नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन् । प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनीत गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले प्रचण्ड र गौतमसँग राखेको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2018 October 9, 9:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया