विखण्डनकारीका यी नाइकेलाई अब जेल हाल्ने, कसले दियो बोराबाट डलर ?

काठमाडौं । युरोपियन युनियन र अमेरिकनहरूको उक्साहटमा देश विखण्डनको नारा लगाउँदै आएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्धा चलाउने भएको छ ।

रौतहट जिल्ला अदालतमा दलबलसहित पुगेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । विखण्डनकारी राउतलाई छाड्न माग गर्दै आफन्तहरूले बन्दीप्रत्यक्षीकरणको रिट अदालतमा दायर गरेका थिए । अदालतले विखडनकारी राउतका आफन्तहरूको मागलाई अस्वीकार गर्दै चार दिन थुनामा राख्न आदेश दिएको छ ।

प्रहरीले विखण्डनकारी गतिविधि गर्दै आएका राउत थुनामै राखेर राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न लागेको छ । यसअघि अदालतले सीके राउतलाई पक्राउ पर्नेवित्तिकै छाड्न आदेश दिँदै आएको थियो ।

युरोपियन यूनियन र अमेरिकनहरूको उक्साहटमा सीके राउतले भड्किला वक्तव्य दिने गरेका छन् । उनको गतिविधिलाई युरोपियन यूनियनले आर्थिक सहयोग गरेर साथ दिँदै आएको स्रोतको भनाइ छ ।

सीके राउतले पश्चिमा राष्ट्रहरूको उक्साहटमा संविधान जलाउनेदेखि सैन्य दस्ता खडा गर्ने जस्ता गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ । सीके राउतको अभियानले भारतको विहार, उत्तरप्रदेश तथा भारतका पृथकतावादी संघ संगठनहरूलाई उर्जा मिलेको समाचार आउन थालेका छन् ।

सीके राउतले बेलाबेला राजधानी आएर गोप्य रुपमा अमेरिकन र युरोपियन यूनियनका प्रतिनिधिहरूलाई भेटेर ठूलो मात्रामा पैसा लिएर तराईमा गई विखण्डनको अभियान चलाउन गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

नयाँ मुलुकी ऐनमा व्यवस्था भएअनुसार राज्यविरुद्धको अपराधमा सीके राउतलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

फौजदारी कसुरको दफा ४ अनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको स्वाधीनता, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलबल गर्न खोजेमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

Published : Wednesday, 2018 October 10, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया