कांग्रेसका सभापति बलियो भएकै हुन् ? यस्तो आयो समितिको भनाइ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विधान मस्यौदा समितिले दशैंको फूलपाती अगाडि एकीकृत मस्यौदा तयार बनाउन गृहकार्य गरेको छ ।

प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको हो । मस्यौदा समितिको दैनिकजसो बैठक बसिरहेको छ । समितिले दशैंको फूलपाती अगाडि नै एकीकृत मस्यौदा तयार पार्ने एक नेताले बताए ।

कांग्रेसको विधानको मस्यौदामा बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नरहेको स्रोतले जनाएको छ । सभापतिलाई शक्तिशाली बनाउने वा नबनाउने भन्ने विषयमा समितिमा कुनै पनि विवाद नआएको एक नेताले बताए ।

समितिले कांंग्रेसको सदस्यता, संगठन संरचना, अधिबेशन प्रतिनिधि छनोट लगायतका विषयमा लगभग सहमति जुटाइसकेको छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ विधानमा बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था समेट्ने तयारी भइरहेको बताइएको छ ।

Published : Thursday, 2018 October 11, 1:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया