प्रचण्डकी बुहारी बाहेक सबै मन्त्रीविरुद्ध सुराकी ! असफल बन्दै सरकार

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सबै मन्त्रीहरूको कामको गतिविधिहरू बुझाउन सचिवहरूलाई सुराकीका रुपमा प्रयोग गरेको खुलासा भएको छ ।

ओलीले मन्त्रालयका सचिवहरूसँग मन्त्रीहरूले गरेका कामका बारेमा जानकारी माग्ने गरेका छन् । मन्त्री र सचिवहरूलाई बालुवाटारमा बोलाएर ओलीले संयुक्त रुपमा निर्देशन दिने गरे पनि पछिल्लो समय ओली सचिवहरुलाई विश्वास गर्न थालेका छन् ।

‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा राति सचिव र मन्त्रीहरूलाई बोलाएर झपार्ने गर्नुहुन्छ’, एकजना मन्त्रीले भने–‘सचिवहरूका अगाडि मन्त्रीहरूलाई गाली गरेर मन्त्रीहरूविरुद्ध सचिवहरूलाई प्रधानमन्त्रीले ताली बजाउन लगाउनु हुन्छ ।’

‘सचिवहरूकै अगाडि मन्त्रीहरूलाई हपारेपछि मन्त्रालयमा कस्तो अवस्था सिर्जना हुन्छ ?’, ती मन्त्रीले भने,‘मन्त्रीहरूका कारण होइन प्रधानमन्त्रीका कारण यो सरकार असफल हुने बाटोमा गइसक्यो ।’

प्रधानमन्त्रीको बल पाएर सचिवहरूले मन्त्रीका काम गर्नै मान्दैनन् । मन्त्रीले कुनै काम गर्न भन्यो भने सचिवहरूले एकछिनै हजुर भनेर प्रधानमन्त्री कार्यालयमा फोन गरेर कुरा लगाउने गरेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकहल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर नेतृत्वको खानेपानी मन्त्रालयको सचिव बाहेक सबै मन्त्रालयमा आफू अनुकूलका सचिव राखेका छन् । मन्त्रीहरूले चाहेर पनि सचिव फेर्न सक्ने अवस्था छैन ।

ओलीप्रति जवाफदेहिता र मन्त्रीका गतिविधिको सुराकी गर्ने सचिवहरूका कारण मन्त्रीका कुनै पनि राम्रा काम हुन नसकेको स्रोतको भनाइ छ । गृहसचिव रहेका पे्रमकुमार राईले प्रायजसोः बेलुका प्रधानमन्त्री ओलीलाई भेटेर व्रिफिङ गर्ने गरेका छन् । उनको काम नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई असफल बनाउनु रहेको भन्दै गृह मन्त्रालयभित्रै चर्चा हुँदै आएको छ ।

सचिवहरूले आजकाल मन्त्रीहरूका गतिविधिको रिपोर्टिङ प्रधानमन्त्रीलाई गरेर दिन विताउने गरेका छन् । प्रधानमन्त्री ओलीले पनि मन्त्रीभन्दा सचिवहरूका कुरा धेरै सुन्ने गरेका छन् ।

मन्त्रालयका समस्या परेर मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट्न खोज्दा भेट्ने समय नै पाउँदैनन् । ओलीले पनि मन्त्रीहरूलाई खासै भेट्न रुचाउँदैनन् । सचिवहरू, व्यापारी, मालदार अड्डाका हाकिमहरूलाई भेट्ने गरेको स्रोतको भनाई छ ।

राति १० बजेपछि बालुवाटारमा ओलीले आफू निकटका नेताहरूलाई बोलाएर मध्यरातसम्म गफ गरेर बस्ने गरेको आराप छ । मिर्गौला रोगको औषधि विदेशबाट मगाएर खाने गरेका ओली तीन घण्टाभन्दा धेरै सुत्दैनन् । ओली रातिमा साथीहरूसँग गफिएर बस्न रुचाउँछन् ।

Published : Thursday, 2018 October 11, 6:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया