यी हुन् कम्युनिस्टहरूको अखडामा धावा बोल्ने कर्मचारी, पाए लोकप्रिय मत

काठमाडौं । संघीय संसद कर्मचारी युनियनको निर्वाचनमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू पराजित भएका छन् । युनियनको ११ सदस्यीय कार्यसमितिमा एकजनाले मात्रै कांग्रेसको बीउ जोगाएका छन् ।

असोज २१ गते सिंहदरबारस्थित संसद सचिवालयमा भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कर्मचारीहरूले युनियनमा विजयी हासिल गरेका हुन् ।

कार्यसमितिको सहसचिवमा उम्मेदवारी दिएका करनबहादुर भाट विजयी भएको निर्वाचन समितिले जनाएको छ । भाट १ सय २३ मत ल्याएर सहसचिवमा विजयी भएका हुन् । भाटका प्रतिद्वन्द्वी लक्ष्मीप्रसाद गिरी पराजित भएका छन् । नेकपा निकटका गिरीले जम्मा ८४ मत पाएका थिए ।

भाट कर्मचारी प्रशासन शाखामा कार्यरतमा कार्यरत छन् । गिरी विगत आठ वर्षदेखि संसद सचिवालयको स्टोर शाखामा अड्डा जमाएर बसेका छन् ।

संसद सचिवालयमा कम्युनिस्ट निकटका कर्मचारीहरूको बहुमत छ । निर्वाचनमा २ सय १२ जना कर्मचारीले मतदान गरेका थिए ।

कर्मचारी युनियनको अध्यक्षमा नेकपा निकटका मेघराज अर्यालय ११६ मतसहित विजयी भएका छन् । अर्यालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकटका नेत्रप्रसाद भुसालले ९४ मत पाएका थिए ।

उपाध्यक्षमा विष्णु खड्का विजयी भएका छन् । खड्काले१४६ मत पाएका छन् । सचिवमा अनन्तप्रसाद कोइराला १४४ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा रेणुका सुवेदी ११८ मतसहित विजयी भएकी छिन् ।

सदस्यहरूमा सीता पोखरेल (१३८), माधव पौडेल (१३६), समीर लम्साल (११३), सिंहराज रुब्बा (१२७), शंकर भण्डारी (१२३) र चन्द्रप्रसाद ढुंगाना (१२८) मत सहित विजयी भएका छन् ।

Published : Thursday, 2018 October 11, 8:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया