गैर आवासीय नेपाली संघ विभाजन हुँदै, भवन भट्टमाथि ठूलो संकट

काठमाडौं । गैर आवासीय नेपाली संघमा सिन्डिकेटको धेरै ठूलो प्रभाव परेको गुनासो बढिरहेका बेला त्यसको विरोध भएको छ । संघको अध्यक्षमा भवन भट्ट आएपछि सुधार हुने धेरैको अपेक्षा थियो । तर, संघभित्र सुधार भन्दा व्यक्ति सोँच हाबी भएपछि संघ टुक्रिने अवस्थामा पुगेको हो ।

संघभित्रको सिन्डिकेटकै निर्देशनमा विधि, विधान एवम् नियम कानीनलाई लत्याउदै जादा संघको भविष्य निकै अफ्ठ्यारोमा परेको छ । संघको स्थापनाको १५औँ वर्षको एनआरएन दिवस मनाउँदै गर्दा देखिएको गुट बन्दी र सिण्डिकेटको खुलेर बिरोध भएको छ ।

गैर आवासीय नेपाली संघले आरम्भ गरेका मेगा योजनाहरूमा भएको अनिमियता तथा भ्रष्ट्राचारले गर्दा संघको छवि बद्नाम भएको सदस्यहरूले नै बताउन थालेका छन् ।लाप्राक नमूना बस्तीमा भएको गैर कानूनी प्रक्रिया र केन्द्रीय भवनको तोडफोड तथा महानगरपालिकाले प्रदान गरेको स्वीकृती भन्दा बाहिर रहेर गरिएको निर्माणलाई समेत कानूनी चुनौती भएको एक सदस्यले बताए ।

संघको विधान अनुसार गैर आवासीय नेपाली संघको नेतृत्व गत वर्ष २०१७–२०१९ को कार्यकालका लागि गैर आवासीय नेपालीहरूले म्यान्डेट दिएका थिए । तर, गैर आवासीय नेपाली संघको नेतृत्वले कार्यकाल २ वर्षबाट ३ वर्ष बनाउन चलखेल गरेको आरोप साधारण सदस्यहरूले लगाएका छन् । संघको विधान विपरित कार्य अवधि १ वर्ष बढाउने खेलमा नेतृत्व लागि परेपछि चर्को बिरोध भैरहेको छ ।

गैर आवासीय नेपाली संघको बिधान गतिशील रहेकाले सधै परिवर्तनशील छ । तर, कुनै व्यक्तिलाई सिन्डिकेटले व्यवस्था गर्न परे मात्र संशोधन गर्ने प्रथाको अहिले विकास हुँदै आएको छ । १५ वर्षपछि बिधान बिपरित बिधान सभा बोलाउने काम नेतृत्वले गरेको आरोप छ । बिधान सभाबाट आफ्नो अनुकूल अनुसार बिधान संशोधन गरी आफ्ना व्यक्तिहरूलाई व्यस्थापन गर्ने प्रयासमा नेतृत्वको सिण्डिकेट जुटेको आरोप छ ।

विश्वका ७९ मुलुकमा रहने ५० लाख गैर आवासीय नेपालीहरूको भावनालाई वेवास्ता गर्दै संघभित्र सोँच आर्थिक प्रलोभनमा नेतृत्व डुबेको भन्दै आगामी दिनमा गैर आवासीय नेपाली संघको भविष्य अन्धकारमय भैसकेको जनाइएको छ । संघलाई बचाउन चाहने संघका अभिन्यताहरूले सिण्डिकेटबाट अलग गरी अगाडि बढने योजना बनाएको एक सदस्यले बताए ।

बिधान सभामा एकलौटी गरी नेतृत्व अगाडि बढेको खण्डमा गैर आवासीय नेपाली संघ तुरुन्त टुक्रिने सम्भावना देखिएको छ । संघका शीर्ष नेतृत्वको निरंकुशतावादी सोँचका कारण ठूलो असन्तुष्टि रहेको छ ।

सामाजिक संस्थालाई पनि सत्तापक्ष र प्रतिपक्षको जस्तो अबस्थामा नेतृत्वले पूर्वाग्रही राखेका कारण पनि समस्या आएको बताइएको छ । अहिलेको नेतृत्वका कारण गैर आवासीय नेपाली संघ टुक्रिन अवस्थामा पुगेको हो ।

Published : Thursday, 2018 October 11, 8:57 pm

1 प्रतिकृया प्राप्त “गैर आवासीय नेपाली संघ विभाजन हुँदै, भवन भट्टमाथि ठूलो संकट”

  • हॉमरो संस्कारमॉ सम्मानका भोगी हरूको संख्या एक दम बड़दो छः
    एस्को प्रतिस्प्रदाँले कुनेइ पनी संघ संस्था र राजनीतिक पार्टीलाइ पनी परेको हुँनछः प्रतिरूप समाज र देसले यो विकृति बाट केही हासिल गरन सकदेइन आज NRNA माँ पनी केही झलक आएका भए पनी Nrna हामी प्रबाँसी हरूको लागी Diamond Platforन हो !! यो बुझने कोसिस गरौ ! Nrna को नेतृत्व ग़लत भए उ स्वयम् समाप्त हूँनेछः तर हामिले Nrna को समाप्त भयों एस्को भविष्य छइन भनने सोच नराखौ .आजको त्रुटिबाट भविष्यमॉ नया सोच ,स्मार्ट योजना सहीत को नेतृत्य Nrna ले प्राप्त गरने छः

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया