देउवाको जिल्लामा कांग्रेसका कार्यकर्ताहरूले दिए सुध्रिन चेतावनी

डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा डडेलधुरामा पार्टीभित्र गुटबन्दी र अराजकता बढ्दै गएपछि कार्यकर्ताहरूमा चिन्ता छाएको छ ।

जिल्लास्तरीय नेतृत्व स्थापित हुन नसकेको भन्दै कार्यकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टीलाई मिलाएर लैजाने बेला जिल्लास्तरीय नेतामा देखिएको अराजकताप्रति कार्यकर्ताहरूले आक्रोश जनाएका हुन् ।

कांग्रेस अमरगढी नगर कार्यसमितिले आयोजना गरेको बडादशैं २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस डडेल्धुराभित्र बढ्दो गुटबन्दी छताछुल्ल भएको छ । कार्यक्रममा कांग्रेस डडेल्धुराको संस्थापन पक्षका केही नेता कार्यकर्ताहरूमात्रै सहभागी थिए ।

कांग्रेस अमरगढी नगर कार्यसमितिका सचिव रमेशप्रसाद भट्टले भावनात्मक एकता हुने गरी बडादशैंको शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा पार्टीका अधिकांस जिल्लास्तरीय नेता कार्यकर्ताहरू सहभागी नहुनुलाई बिडम्बना भएको बताए ।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले नेताहरूको व्यक्तिगत स्वार्थमा कांग्रेसलाई असर पर्ने कुनै पनि कार्य नगर्ने चेतावनी दिएका छन् ।

Published : Friday, 2018 October 12, 6:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया