कांग्रेससँग हारेका वामदेवलाई प्रचण्डले साथ नदिने, लफडामा नपर्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमको लफडामा नलाग्ने बताएका छन् ।

प्रचण्डले वामदेवका कारण आफू र पार्टीको बद्नाम भएको बताए । उनले भने, ‘वामदेवका कारण हाम्रो र पार्टीको बद्नाम भयो ।’ काठमाडौंको कागेश्वरी नगरपालिकामा शुक्रबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले वामदेवका कारण पार्टी नराम्रोसँग बद्नाम भएको बताएका हुन् ।

‘वामदेवजीको लफडामा लाग्दैनौँ’, उनले भने, ‘वामदेवजीका बारेमा के गर्ने हो त्यो पार्टीमा हामीले निर्णय गर्ने छौँ ।’

उनले भने, ‘वामदेवजीले हिजो नै लड्दिन भन्नु भएको छ । यो टेन्सन सकियो । पार्टीले निर्णय गर्छ त्यसलाई मान्नु पर्छ ।’

यसैबीच, प्रचण्डले आफूले बोलेका कुरालाई साधारण मान्छेले बुझ्न नसक्ने पनि बताएका छन् । उनले आफूले बोलेका कुरालाई अलिक धेरै पढेलेखेका व्यक्तिहरूले मात्रै बुझ्ने गरेको बताए ।

‘मैले बोलेका कुरा अलिक धेरै पढेलेखेका व्यक्तिले बुझ्ने हो’, उनले भने, ‘तपाईहरूले त्यही आधारमा बुझ्नुस् ।’

Published : Friday, 2018 October 12, 11:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया