कम्युनिस्ट सरकारले कांग्रेसको कुरै सुनेनः रामचन्द्र पौडेल

नवलपरासी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले प्रतिपक्षको कुरै नसुनेको गुनासो गरेका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्ने बताए ।

पौडेलले देश अस्थिरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाए । अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।

सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए ।

Published : Friday, 2018 October 12, 11:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया