सिरहाका मेयरको गाडीमाथि सांघातिक आक्रमण

सिरहा । सिरहा जिल्लामा नगरपालिकाको विशेष नगरसभाबाट फर्कँदै गर्दा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानमाथि आक्रमणको भएको छ ।

नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवाद निरुपणको लागि बोलाइएको विशेष नगरसभा सम्पन्न भएपछि ना १ झ १६३९ नम्बरको स्कार्पियोमा चढेर मंगलबार साँझ सबा ५ बजेतिर घर फर्किने क्रममा कर्जन्हा नगरपालिकाकै बगाहा चोकमा भीडले एक्कासी उनीमाथि आक्रमण गरेको हो ।

मेयर पासमानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । भीडले गरेको ढुङ्गा प्रहारबाट मेयर सवार गाडीका सिसा फुटेका छन् ।

मेयर पासवानले आफूमाथि कर्जन्हा नगरपालिकाकै उपमेयर ज्ञानु श्रेष्ठले खटाएको भीडले आक्रमण गरेको आरोप लगाए ।

नगरपालिका कार्यालयबाट बाहिरिँदा केही व्यक्तिले आफूमाथि सुनियोजित रुपमा ढुङ्गामुढा गराएको मेयर पासवानले बताए । उनका अनुसार एउटै पार्टीका जनप्रतिनिधि भएपनि न त पार्टीका नेतृत्वकर्ता न त समन्वय समितिले विवाद मिलाउन आएको छ ।

दलित भएकै कारणले आफूलाई असफल बनाउन षडयन्त्रपूर्व केही व्यक्तिले यस्ता घटना घटाउँदै आइरहेको पत्रकार सम्मेलन गरी मेयर पासवानले बताए ।

उपमेयर श्रेष्ठले नगर प्रमुखले आफूमाथि लगाइएको आरोप निराधार रहेको दावी गरेकी छिन् । केन्द्र सार्ने विषयलाई लिएर बगहाका स्थानीय जनता आक्रोशित भइरहेकोले उक्त आक्रमण स्वतः भएको हुनसक्ने उनले सुनाइन् ।

Published : Friday, 2018 October 12, 11:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया