कम्युनिस्ट सरकार प्रेसलाई दमन गर्न लागेको छः देउवा

भरतपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र हुनुपर्ने प्रेस जगत्माथि नै हस्तक्षप गरेर जनताको सूचना दबाउने खेलमा लागेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन् ।

चितवनस्थित नेपाल प्रेस युनियन, मैयादेवी सूचना केन्द्रको भवन शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले भने, ‘प्रेस जहिले पनि स्वतन्त्र हुनुपर्छ। प्रेसलाई स्वतन्त्र छाडिनुपर्छ ।’

देउवाले सूचना सम्प्रेषण गर्ने माध्यममै अंकुश लगाएर जनतालाई हकअधिकारबाट वञ्चित गराउन नहुने बताए ।

जनताको चाहनाविपरीतका नयाँ नियम ल्याउनुभन्दा संविधानले दिएको अधिकार पूर्णरूपमा कार्यान्वयन गर्नतर्फ लाग्न सरकारलाई उनले सुझाव दिए । ‘सरकारले कुनै पनि वहानामा सञ्चार क्षेत्रमाथि हस्तक्षप गर्न पाइँदैन’, देउवाले भने, ‘सञ्चार क्षेत्र र पत्रकारलाई हरसमय स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ ।’

पत्रकारले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्ने उनको भनाइ छ। उनले प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भए पनि सधैँ निष्पक्ष र स्वतन्त्र रहन आग्रह गरे । स्वतन्त्र पत्रकारिताका लागि कांग्रेस जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको उनले बताए ।

Published : Saturday, 2018 October 13, 1:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया