कम्युनिस्ट सरकारका यी मन्त्रीको चर्तिकलाले दःख पाए जनताले

काठमाडौं । कम्युनिस्ट सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अकर्मण्यताका कारण उपभोक्ताले दशैँको मुखमा महँगोमा चिनी किन्न बध्य भएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिँदा समेत चिनी सस्तोमा बिक्री हुन सकेको छैन । मन्त्री यादवले लेखा समितिको निर्देशनलाई अटेर गरेका छन् ।

सरकारले दशैँका अवसरमा सञ्चालन गरेको सुपथ मूल्यका पसलहरूमा समेत चिनी बिक्री गरिएको छैन । व्यापारीहरूले बजारमा धमाधम महँगोमा कालोबजारी गरेर चिनी बिक्री गरिरहेका छन् । बजारमा चिनी ७० रुपियाँको आसपासमा पाइन्छ । जबकि लेखा समितिले प्रतिकिलो ६३ रुपियाँमा चिनी बिक्री गर्न लिखित निर्देशन दिएको छ ।

सुपथ मूल्य पसलमा शुक्रबार चिनी किन्न पुगेकी गृहणी सुना गुरुङले चिनी नपाएको गुनासो गरिन् । ‘सुपथ मूल्य पसलमा चिनी सस्तोमा पाइन्छ भन्ने समाचार पढेर आएको थिएँ । चिनी त बिक्री नै गरेको रहेनछ’, उनले भनिन्, ‘चिनी नै पाइएन । ४–५ पटक आइसके दिएकै छैन ।’ गुरुङले सरकारले चिनी सस्तोमा दिने बाचा गरेर पनि नदिएको भन्दै आक्रोश जनाइन् ।

लेखा समितिले चिनी प्रतिकिलो ६३ रुपियाँमा बिक्री गर्न निर्देशन दिएको छ । तर, मन्त्री यादवले अघोषित रुपमा व्यापारीहरूलाई साथ दिँदै चिनी सस्तोमा बिक्री गर्न मानेका छैनन् । व्यापारीहरूले ७० रुपियाँभन्दा कम मूल्यमा चिनी बिक्री गर्नै नसकिने बताउने गरेका छन् ।

सार्वजनिक लेखा समितिमा व्यापारीहरूसँग मिलोमतो गरेको भन्दै सत्तारुढ दलका हृदयश त्रिपाठीसहितका सांसदले मन्त्री यादवको आलोचना गरेका थिए । उनीहरूले जनाताको ढाड सेक्न चिनीमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै मन्त्री यादवको आलोचना गरेका थिए ।

चिनीको मूल्य वृद्धि हुन १५ दिन अगाडि नै सांसद त्रिपाठीले चिनीको मूल्य वृद्धि हुँदै गरेको जानकारी सदनलाई गराएका थिए ।

सामाजिक सञ्जालमा चिनीमा व्यापारीसँग मिलेर भ्रष्टाचार गरेको भन्दै आपूर्तिमन्त्री यादवको आलोचना हुन थालेको छ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सकेको भनेर आलोचना भइरहेका मन्त्री यादवलाई चिनीको मूल्य वृद्धि गरेको आरोप छ ।

हुन त मन्त्री यादवले चिनीमा भएको भ्रष्टाचारको कुरा उठाउने सांसदहरूलाई नै कारबाहीको माग गरेर सभामुखलाई पत्र बुझाएका छन् । दैनिक नेपाल डटकमले समाचार प्रकाशित गरेको छ ।

आपूर्तिमन्त्री यादवको चर्तिकलाका बारेमा प्रधानमन्त्री केपी ओली समक्ष उजुरी परेको छ । ओलीले चिनीमा भएको कालोबजारी रोक्न आदेश पनि दिएका छन् । तर, आपूर्तिमन्त्री यादवले प्रधानमन्त्री ओलीको निर्देशनलाई समेत नमानेको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्रीज्यू आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको चर्तिकलाबाट रिसाउनु भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ओलीका एकजना सहयोगीले भने, ‘यस्तो हो भने आपूर्तिमन्त्रीमाथि प्रधानमन्त्रीले कडा कदम उठाउने सम्भावना देखेको छु ।’

Published : Saturday, 2018 October 13, 1:44 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारका यी मन्त्रीको चर्तिकलाले दःख पाए जनताले”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया