कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति मृत्यु

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति १० बजेर २० मिनेटमा खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । अस्पतालले थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।

बास्तोलालार्इ पुनः खुमलटारस्थित निवास लगियो । साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।

बास्तोलाका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेका छन् । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।

भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।

०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

Published : Saturday, 2018 October 13, 11:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया