कांग्रेसको साथ नपाउँदा असफल बन्न थालिन् यी कम्युनिष्ट मेयर

चितवन । नेपाली कांग्रेसको बुई चढेर विजयी भएकी रेणु दाहाल भरतपुर महानगरपालिकाको नेतृत्व लिएको एक वर्षमै दिक्क बनेकी छन् । रेणु आफ्नो अहिलेसम्मको कामबाट असन्तुष्ट छिन् ।

जिम्मेवारी लिने बेला देशभरिका महानगरपालिकामध्ये उत्कृष्ट बनाउने लक्ष्य राखेकी थिइन् । काम भने आशातित छैन । भरतपुर महानगरपालिकाले बनाउन लागेको सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको विषयले रेनुको टाउको दुखाएको छ ।
रेणुले दुबै कामलाई प्राथमिकतामा राखेके बताउने गरेकी छिन् । क्यान्सर अस्पतालको जग्गामा बनाउने भनिएको सिटी हलमा कांग्रेसको अवरोध छ । कांग्रेसले अस्पतालको जग्गा मासेर भाषण गर्ने स्थान बनाउने विषयमा असहमति राखेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा बनाउने भनिएको रंगशालामा त्रिवि र एएफएफयूको जग्गासम्बन्धी विवाद छ ।

दुवै विषय सल्टाउन रेणु आफ्ना बाबु पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गरेकी छिन । बाबुलाई फकाउने रेणुको प्रयास जारी छ । बाबु प्रचण्डले कम्युनिस्ट प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म कुरा पुर्‍याउँदा पनि हल निस्किएको छैन ।

‘खै के मिल्दैन मिल्दैन, यही कुरा गर्दा गर्दै दिक्क लागिसक्यो’ आइतबार बिहान पत्रकारसँग गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा रेणुले भनिन्, ‘यो सबै रेणु दाहालको मात्रै हो र रु यहाँका जनता, राजनीतिक दल, पत्रकार, पेशागत क्षेत्रका प्रभुत्व व्यक्तिहरुले खै त सहयोग गरेको रु’

क्यान्सर अस्पतालको ७५ विगाहा जग्गामध्ये पाँच विगाहामा सिटी हल बनाउन दिने प्रस्ताव मन्त्रिपरिषद्मा गएर अड्किएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा रंगशाला निर्माणको प्रस्ताव पनि क्याविनेट लैजाने तयारी छ । आफूले प्रधानमन्त्री ओलीलाई पनि साँच्चै सम्वृद्धि र विकास ल्याउने हो भने ठूला पूर्वाधार निर्माणका लागि सानातिना कुरामा नअल्झन सुझाव दिएको मेयर दाहालले बताइन् ।

‘सबै यथास्थितिमा बस्ने हो भने कसरी विकास हुन्छ रु’, रेणुले प्रश्न गरिन्, ‘हामीले क्यान्सर अस्पतालको जग्गा र रामपुरको कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा आँखा लगाएकै हो, त्यतिको उपयुक्त जग्गा अन्यत्र छैन त के गर्ने रु’

दुबै पूर्वाधार बनाउँदा दुवै संस्थालाई कुनै घाटा नहुने उनको भनाइ छ । सिटी हल शहर नजिककै बन्नुपर्ने दलिल पेश गर्दै मेयर दाहालले भनिन्, ‘अब ढिला भइसक्यो, दशैं पछाडि कि गेष्ट हाउस चौर कि क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माणको काम अगाडि बढ्छ ।’

क्यान्सर अस्पतालको फालिएको जग्गा विकृति मौलाउने थलोका रुपमा विकास भएको उनको दाबी छ ।

कांग्रेसले भने वीपीको नाम जोडिएको अस्पताल भएका कारण कांग्रेसले सिटी हल बनाउन नदिने बताएको छ ।

मेयर रेणुले भन्छिन्, ‘सकभर कांग्रेससँग किन टसल गर्ने रु सवैलाई समेटेर जाऔं भन्न सोच हो । अब त्यसरी हुँदैन भने कडा बनेर जान्छु, कडा बन्न सक्छु ।’

पश्चिम चितवनमा सिटी हल लैजानुपर्छ भनेर महानगरविरुद्ध जनता भड्काउने काम भएको उनले बताइन् । ‘एकाथरी साथीहरु सिटी हललाई लिएर जनता भड्काउन लाग्नुभएको छ’, रेणुले भनिन्, ‘पश्चिम चितवनमा अर्बौंका प्रोजेक्टहरु सुरु भएका छन्, तर सिटी हल पश्चिम चितवनका वस्तीमा निर्माण गरिँदैन ।’

Published : Monday, 2018 October 15, 7:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया