अमेरिकामा दाहालको मृत्यु, नाकबाट रगत आयो

काठमाडौं । शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षको उमेरमा राज्य अमेरिकामा मृत्यु भएको छ ।

कार्यक्रमका लागि अमेरिका गएका दाहाल सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको परिवारले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधी गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनसमेत गर्थे ।

रामेछापको साँघुटारमा जन्मिएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि हृदयाघात भएको अनुमान गरिएको छ ।

निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइने बताइएको छ ।

Published : Wednesday, 2018 October 17, 8:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया