पुलिसकाे फेक ईन्काउन्टरबाट बचे कांग्रेसका यी नेता, यस्ताे थियाे काण्ड

काठमाडौं । रहस्यमयी रुपमा हतियारसहित पक्राउ परेर सजाय भुक्तान गरिरहेका गुण्डा नाइके गणेश लामा छुटेका छन् । हातहतियार मुद्दामा सात महिना कैद भुक्तान गरी नेपाली कांग्रेसका नेता समेत रहेका लामा छुटेका हुन् । गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटल नजिकैबाट हतियारसहित पक्राउ परेका लामा पूर्पक्षको लागि जेल चलान भएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो ।

के थियो गोली काण्डको रहस्य ?

पशुपति भिजन होटल अगाडि भएको गोली काण्डमा गुण्डा नाइके गणेश लामालाई लक्षित गरी गोली प्रहार भएको थियो । तर, सीसीटीभी फुटेजमा भने लामाले भुइमा खसेको पेस्तोल हातमा लिएको देखिँदा प्रहरीले लामा हतियार सहित पक्राउ परेको दाबी गर्‍यो । लामाले सुझबुझपूर्ण तरिकाले कदम उठाएका कारण प्रहरीले फेक ईन्काउन्टर गर्न पाएन ।

भुइँमा प्रहरीकाे खसेको पेस्तोल नियन्त्रणमा लिँदा लामा प्रहरी हिरासतमा पुगे । लामाले राजनीतिक पूर्वाग्रहीकाे सामना गर्नुपरेकाे छ । उनले हातहतियार तथा खरखजना मुद्दा झेल्न बाध्य भए उनले ।

पशुपति भिजनमा रहेको ईन्द्रेणी फिटनेस क्लवमा लामा नियमित शारीरिक व्यायमको लागि पुग्ने गर्थे । उनको आउने र जाने समय प्रायः एकै हुन्थ्यो । त्यस दिन पनि क्लवको नियमित कार्य सकाएर फर्किने क्रममा उनलाई लक्षित गरी गोली प्रहार गर्न खोजिएको थियो । लामाका अनुसार अपरचित व्यक्तिबाट खोसेको पेस्तोल आफ्नो हातबाट बरामद गरेको भन्दै प्रहरीले मुचुल्का बनाएर मुद्दाको अनुसन्धान अगाडि बढायो ।

स्रोतका अनुसार गुण्डाको एक समूहले बिगतदेखि लामाको सफाया गर्न खोजेको थियो । लामा निकट स्रोतका अनुसार हाल कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका नाइके समिरमान बस्नेतको समूहले लामालाई सफाया गर्न खोजेकाे थियाे । बस्नेतले कारागारबाटै सुटरलाई प्रयोग गरी लामाको हत्या गर्न लागेको लामाको परिवारले समेत आरोप लगाएका थिए ।

तत्कालीन समयमा काभ्रेका अर्का गुण्डा दावा लामामाथि गुह्येश्वरीमा गोली प्रहार गरेको बस्नेत समूहले लामालाई समेत धम्की दिएका थिए । दावालाई गोली प्रहार गरेकै दिन नचिनेको नम्बरबाट लोप्साङ बोलेको भन्दै तेरो पनि पालो आउँदैछ भनेर धम्क्याएका थिए । लामामाथि गोली प्रहार गर्ने समूहको योजना डेढ वर्ष अघिदेखि कै हो । तर, स्थानीय चुनाव र प्रतिनिधी तथा प्रदेश सभाको चुनावको कारण लामा प्रायः काभ्रेतिर व्यस्त हुन पुग्दा उक्त समूहको योजना सफल हुन सकेको थिएन ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या पश्चात प्रहरी आक्रामक शैलीमा यो समूहको खोजीमा लागेपछि लामाको सफायाको योजना तुहिएको थियो । बस्नेत पक्राउ र मनोज पुन ईन्काउन्टरमा मारिनु तथा एक दर्जन सहयोगी पक्राउ परेपछि प्रहरीले पनि अन्यको खोजीमा खासै चासो देखाएको छैन ।

यहि मौकामा नियमित क्लवमा आउजाउ गर्दै आएका लामामाथि गोली प्रहारी गरी हत्याको प्रयास भएको हो । बस्नेतका खास सहयोगी लोप्साङ राई, रोशन बुढाथोकी, अम्बर राना मगरलाई प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएको हो वा पक्राउ गर्न नसकेको हो ? जसले यस्तो प्रकरण निरन्तर आइरहेको छ । लोप्साङ बस्नेतको खास सहयोगी हुन् । बुढाथोकी समिरको दाईको साला हुन् । रानामगर सेनाका भगौंडा हुन् । जो समिरको लागि काम गर्दै आएका सुटर मानिन्छन् । जुन कुरा प्रहरीको अनुसन्धानले देखाएको छ ।

काठमाडौंका तत्कालीन एसएसपी बिश्वराज पोखरेलले गोली काण्डका वास्तविक खेलाडीको अनुसन्धान गर्न र समिरमानका सुटर पक्राउ गर्नतिर भन्दा पनि एकोहोरो गणेश लामालाई नै दोषी देखाएर मिडियामा चर्चा कमाएका थिए । किनकि गणेश लामाको छबि सर्वसाधारण र मिडियामाझ कुख्यात गुण्डाको रुपमा कहलिएको थियो । उनी पक्राउ पर्दा एसएसपी, सर्बसाधारण र मिडियामाझ राम्रो कामको म्यासेज गएको थियो ।

त्यसो त लामालाई गोली प्रहार गरेको आधा घण्टा नबित्दै एक दर्जन ठेकदारलाई नचिनेको नम्बरबाट फोन आएको प्रहरीले नै वताएको थियो । नचिनेको नम्बरबाट आएको फोन भने प्रायः कसैले पनि उठाएका थिएनन् । एकजना ठेकदारले भने उठाएका थिए । फोनमा आफूलाई लोप्साङको भाई बताउँदै गणेश लामा भाग्यले बाँचेकाे भन्दै ठेकदारलाई मुख छाडेर पैसा मागेका थिए । यसअघि पनि गौचन हत्या पश्चात सयौं व्यापारी र ठेकदारलाई लोप्साङको फोन आएको थियो ।

Published : Thursday, 2018 October 18, 9:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया