कम्युनिस्ट सरकारकाे काम छैन, असफल भयाे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले केपी ओली नेतृत्वकोसरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं ।’

नेकपाकै बरिष्ठ नेता माधवजीले ‘जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेऊ’ भनेर गीत गाएका छन् ।

‘मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर बोल्नुभएको हो’ उनले भने, ‘झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको बोली पनि सकारात्मक छैन । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेत देखा परेको उनले बताए ।

नेकपाका नेता केशव बडालले भने सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन ।’

उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

Published : Friday, 2018 October 19, 7:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया