दशैंमा अभिभावक बने आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई बिजयादशमी २०७५ का अवसरमा शनिबार टीका लगाइदिएका छन् ।

बिजयादशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

साथै सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष प्रमीला खनालले समेत सो संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिइन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यातले समेत उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई टीका लगाइदिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Published : Saturday, 2018 October 20, 2:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया