निर्मलाका यी हुन् दोषी, आइजीपीले गरे हटाउन सिफारिस

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टलाई सेवाबाट बर्खास्त गर्ने तयारी भएको छ ।

आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।

स्रोतअनुसार आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्न गृहमा पत्र पठाएका छन् ।

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो ।

विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन् ।

आइजिपी खनाल घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए ।

निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए ।

गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो ।

Published : Saturday, 2018 October 20, 2:59 pm

1 प्रतिकृया प्राप्त “निर्मलाका यी हुन् दोषी, आइजीपीले गरे हटाउन सिफारिस”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया