निर्मला पन्तका यी दोषीहरूको ओठमुख सुक्यो, बल्ल फन्दामा परे

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसँग कम्युनिस्ट सरकारले स्पष्टीकरण मागेको छ ।

गृहमन्त्रालयले आइतबार विष्ट र भट्टसँग स्पष्टीकरण माग गरिएको गृहसचिव प्रेमकुमार राईले बताए । एसपी विष्ट र निरीक्षक भट्टलाई बर्खास्थ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले सिफारिस गरेका थिए ।

घटनाका आरोपितले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ र प्रमाणका आधारमा सफाई दिनुपर्नेछ । उनीहरूलाई सफाईका लागि २४ घण्टाको दोस्रो मौका दिइनेछ ।

आरोपितहरूबाट चित्तबुझ्दो जवाफ नआए सरकारले विष्ट र भट्टलाई बर्खास्त गर्नेछ । गृहसचिवको अध्यक्षतामा समिति गठन गरी उनीहरूलाई बर्खास्त गरिनेछ ।

कञ्चनपुरकी १३ वर्षीय किशोरी पन्तको बलात्कारपछि हत्या भएको लामो समय वितिसक्दा पनि हत्यारा पहिचान गर्न कम्युनिस्ट सरकार असफल भएको भने आलोचना हुँदै आएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज २९ गते विष्ट र भट्टलाई बर्खास्त गर्न गहृमन्त्रालयलाई सिफारिस गरेको थियो । सिफारिसका आधारमा गृहमन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ ।

साउन १० गते अध्ययनका लागि साथीको घरमा पुगेकी पन्तलाई बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट फेला पारिएको थियो ।

Published : Sunday, 2018 October 21, 9:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया