ओली–प्रचण्ड मिलेपछि छक्क परे माधव नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिका बुँदाहरूमाथि छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकमा वरिष्ठ नेता नेपालले आफ्नो अनुपस्थितिमा बिना जानकारी प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिमा दर्ता गराएको विरोध पत्रमाथि छलफल भएको हो ।

नेता नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो गल्ती फेरि नगर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालले निर्णय सच्याएर पुनः मापदण्ड बनाएर निर्णय गर्नुपर्ने माग अघि सारेका थिए । ओली र दाहालले फेरि गल्ती नगर्ने सहमति जनाएपछि प्रदेश नेतृत्व नियुक्ति सम्बन्धी निर्णयलाई बैठकले सदर गरेको छ ।

ओली–दाहाल मिलेर आफ्नो असन्तुष्टिको सुनुवाई नगरेपछि वरिष्ठ नेता नेपाल छक्क परेका छन् । उनले आफ्नो विद्रोही मनलाई बुझाउने प्रयास गरेको सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ ।

नेकपाको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ । पार्टी एकताको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक पुनः बुधबार बस्नेछ ।

Published : Monday, 2018 October 22, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया