निर्मलाका दोषीलाई कारबाही गरे ओली सरकार ढल्ने, खुल्यो रहस्य

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही गरिए केपी ओली सरकार ढल्ने दावी गरेका छन् ।

भक्तपुरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले पन्तका बलात्कारी र हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेले भने, ‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गरिए केपी ओली सरकार ढल्ने सम्भावना देखेको छु । बलात्कारी र हत्यारा सरकारकै संरक्षणमा छ ।’

नेमकिपाका अध्यक्ष बिजुक्छेले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट माओवादी जनयुद्धका सहयोगी हुनसक्ने आशंका व्यक्त गरेका छन् । त्यहीं कारण निर्मला बलात्कार र हत्याका मुख्य दोषी विष्टलाई कारबाही गर्न ओली सरकारले हिम्मत नगरेको उनको भनाइ छ ।

‘एसपी विष्ट माओवादी जनयुद्धका सहयोगी हुनुपर्छ । प्रचण्डसँग सम्बन्ध भएका व्यक्ति हुनुपर्छ’, अध्यक्ष बिजुक्छेले भने, ‘ओली सरकार उनलाई कारबाही गर्न डराइरहेको छ ।’

उनलाई कारबाही अघि बढाउने बित्तिकै तत्कालीन माओवादी केन्द्र सरकारबाट बाहिरिने सम्भावना रहेको उनको दावी छ ।

‘एसपी विष्टलाई कारबाही गर्नेबित्तिकै प्रचण्ड सरकारबाहिर जानेछन्’, अध्यक्ष बिजुक्छेले भने, ‘अनि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनेछ । त्यसमा कांग्रेस र मधेसवादी दलहरुले पनि समर्थन गर्ने निश्चित छ । केपी ओली एसपी विष्टलाई कारबाही गर्न तयार छैन ।’

उनले निर्मला पन्तका साथी भनिएका रोशनी बम र बबिता बम दिदीबहिनीलाई समेत प्रचण्ड र ओलीले आडभरोसा दिँदै आएको बताए । ‘प्रचण्डको फोटो बम दिदीबहिनीसँग खिचिएको छ’, उनले भने, ‘यदि यो फोटो निर्मलाको बलात्कार र हत्यापछिको हो भने यसमा प्रचण्ड र ओली दोषी हुनेछन् ।’

अध्यक्ष बिजुक्छेले निर्मला बलात्कार र हत्या घटनाको सुरुदेखि नै प्रमाणहरु नष्ट गर्ने र अनुसन्धान नगर्ने एसपी विष्टदेखि सबै सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाएर सर्वस्वसहित जन्मकैद गर्नुपर्ने बताए ।

Published : Tuesday, 2018 October 23, 5:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया