ओलीको गृहजिल्लामा पूर्वएमालेका नेताहरूका छोरी–बुहारी–पत्नीहरू मालामाल

झापा । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको गृहजिल्लास्थित शिवसताक्षी नगरपालिका कार्यालयको कर्मचारी नियुक्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनोमानी गरेपछि मेयर चन्द्रकुमार शेर्माको आलोचना भएको छ ।

नेकपाको कार्यदललाई समेत पत्तै नदिइ पूर्वएमालेका नेताका छोरी तथा बुहारीलाई नगरपालिकाको कर्मचारी नियुक्ति गरेपछि मेयर शेर्माको आलोचना भएको हो ।

नगरपालिकामा पछिल्लो पटक चार जनालाई दैनिक ज्यालादारी पदमा ठाडो नियुक्ति गरिएको छ । मेयर शेर्माले नेकपाका जिम्मेवार नेताका छोरी तथा बुहारीलाई नियुक्ति गरेका हुन् ।

कर्मचारी थपिँदा खुला विज्ञापन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थायी कर्मचारी नियुक्ति गर्दा लोकसेवा आयोगले गर्ने गरेको छ भने अस्थायी करार कर्मचारी नियुक्ति गर्दा पदपुर्ति समितिले गर्ने गरेको छ, ।

दैनिक ज्यालादारीमा कर्मचारी राखिदा निवेदनका आधारमा ठाडो नियुक्ति गर्न सकिने कानूनी प्रावधान छ ।

नेकपाका नेता टंक ढुंगेलकी बुहारी अम्विका निरौला ढुंगेल, तत्कालीन एमालेबाट वडा नम्बर ११ वडा सदस्य पदमा निर्वाचित गीता खरेललकी छोरी पूजा खरेल, ३ नम्बर वडाका तारा सिग्देलकी श्रीमती यसोदा चापागाइँ सिग्देल र शिवसताक्षी नगरका नेकपाका अध्यक्ष धनबहादुर थेवेकी छोरी सुम्निमा थेवेले पनि नगरमा दैनिक ज्यालादारीमा जागिर दिइएको छ ।

Published : Thursday, 2018 November 1, 8:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया