अपराधी बचाउने सरकारलाई कांग्रेसले छाड्दैनः रामहरि खतिवडा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वर्तमान कम्युनिस्ट सरकार अपराधी, हत्यारा, बलात्कारीलाई संरक्षण गर्नमा सक्रिय रहेको भन्दै आलोचना गरेका छन् ।

गुरुप्रसाद लुइँटेल प्रतिस्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खतिवडाले निर्मला पन्तका दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरेर काबरबाही गर्न माग गरे ।

कांग्रेस नेता खतिवडाले जनतालाई न्याय दिनुपर्नेमा यो दुई तिहाईको सरकारले अपराधी संरक्षणमा दिन बिताउने गरेको बताए ।

‘कांग्रेस हुँदा कांग्रेस बचाउने । कम्युनिस्ट हुँदा कम्युनिस्ट बचाउने कार्य कसैले गर्नु हुँदैन’, उनले भने, ‘आफ्नो दलको हो भन्दैमा अपराधीलाई संरक्षण गर्नु हुँदैन । कारबाही गर्नुपर्छ ।’

बिगतका निर्वाचनमा दुई वटा निर्वाचनबाट पराजित भएकालाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘वामदेव गौतमले निर्वाचन लड्ने इच्छा राख्नु कुनै गलत कुरा होइन । आफ्नो जिल्लाबाट हारेर के भयो ? काठमाडौंबाट उठाउनु पर्छ ।’

‘मेरो त सपना वामदेव गौतम प्रधानमन्त्री बनेको हेर्ने’, उनले भने, ‘वामदेवजीलाई प्रधानमन्त्री बन्ने कुरा अझै जीवित छ । नेकपाले त्यसतर्फ सोँचोस् ।’

Published : Saturday, 2018 November 3, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया