सर्लाहीमा कांग्रेसको शक्ति प्रदर्शन, चारतारे झण्डा लिएर आए कार्यकर्ता

मलंगवा । नेपाली कांग्रेस सर्लाहीले आफ्ना कार्यकर्ता रामविलास महतोको हत्यारालाई कारबाहीको माग राखेर जिल्ला बन्द आह्वान गरेको छ ।

बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले महतोलाई गोली हानेर हत्या गरेपछि दोषीलाई कारबाहीको माग राखेर कांग्रेसले दवावमूलक कार्यक्रम गर्दै आएको छ ।

कांग्रेसले आफ्ना कार्यकर्ताको हत्यामा संलग्नहरूलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएको छ । कांग्रेसको मागलाई कम्युनिस्ट सरकारले बेवास्ता गरेपछि बाध्य भएर बन्दलगायतको कार्यक्रममा उत्रनु परेको सर्लाहीका सांसद अमरेशकुमार सिंहले बताए ।

‘यो कमयुनिस्ट सरकारले नै हत्यारालाई संरक्षण गरेको छ । तत्काल दोषीलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ’, उनले भने, ‘अपराधी संरक्षण गर्ने सरकारविरुद्ध कांग्रेसले झन् ठूलो आन्दोलन गर्नेछ ।’

यसअघि शनिबार साँझ सर्लाही कांग्रेस मसाल जुलुस निकालेको थियो । आइतबार बिहानैदेखि बन्द आह्वान भएपछि सर्लाहीको जनजीवन प्रभावित बनेको छ ।

बन्द सफल बनाउन कांग्रेसका कार्यकर्ताहरू झण्डा लिएर सडकमा उत्रिएका छन् । उनीहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध चर्का नारावाजी समेत गरेका छन् ।

कांग्रेसले आन्दोलन चर्काएपछि हत्यामा संलन नेकपाका कार्यकर्ताहरू फरार भएका छन् । गाउँमा पनि नेकपाका स्थानीय नेताहरू तनावमा छन् । नेकपाले गोली हान्ने आफ्ना कार्यकतालाई संरक्षण गरेको आरोप छ ।

Published : Sunday, 2018 November 4, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया