कांग्रेससामू कम्युनिस्ट सरकारले यसरी टेक्यो घुँडा, सर्लाहीमा चारतारे झण्डाको जित

मलंगवा । नेपाली कांग्रेस सर्लाहीले अगाडि सारेका मागहरु पूरा गर्ने सन्देश कम्युनिस्ट सरकारले पठाएपछि सबै आन्दोलनका कार्यक्रमहरु स्थगित भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले गोली हानेर नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतोको हत्या गरेपछि कांग्रेस सडक आन्दोलन गरेको थियो ।

कांग्रेसले माग पूरा गराउनका लागि सरकारलाई दवाव दिन आइतबार सर्लाही बन्दको आह्वान समेत गरेको थियो ।

कम्युनिस्ट सरकारले गोली हानी हत्या गरिएका कांग्रेसका कार्यकर्ता रामविलास महतोका आफन्तलाई दश लाख दिने, घाइतेको उपचार खर्च उपलब्ध गराउन तयार भएको जानकारी कांग्रेस सर्लाहीलाई दिएपछि सबै कार्यक्रम छठसम्मका लागि स्थगित गरिएको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सर्लाही कांग्रेसको सोमबार पाँच बजे बसेको जिल्ला कार्यसमिति बैठकले सरकारको रबैया र गतिविधिलाई हेरेर माग पूरा हुने अवस्था नआए छठपछि पुनः आन्दोलन गर्ने चेतावनीसहित कार्यक्रम स्थगित गरिएको छ ।

रामविलास महतोको शव उठाउन र अन्तम दाहासंस्कार गर्न कांग्रेसले परिवारजनलाई आग्रह गरेको छ ।

कांग्रेसले तिहार र छठ पर्व आउँदै गरेकाले चाढपर्वको अवस्थामा जनतालाई दुःख दिने गरेर कुनै पनि कार्यक्रम गर्न नहुने जनाएको छ । आवश्यक पर्दा छठ पर्वपछि आन्दोलन गर्ने निस्कर्ष निकालेको छ ।

Published : Sunday, 2018 November 4, 7:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया