सरकारी पैसामा उपराष्ट्रपतिको जलपान, यसरी खाए पेटभरि खानेकुरा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीसहितका उच्च व्यक्तिहरूलाई जलपान गराएका छन् ।

दशैँ, तिहार, छठ, नेपाल संवतको अवसरमा पुनले सोमबार कान्तिपथस्थित आफ्नै कार्यालय बाहदुरभवन जलपान समारोहको आयोजना गरेका हुन् ।

जलपान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष, कुटनीतिक नियोगका प्रमुख लगायत भीभीआइपी र भीआइपीहरूको सहभागिता रहेको थियो ।

उपराष्ट्रपति पुनको जलपान समारोहमा प्रधानमन्त्री केपी ओली आएनन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने पुनको जलपानमा सरिक भएका थिए ।

जलपानमा सरिक भएका भीभीआइपी र भीआइपीहरूलाई क्याटरिङका युवतीहरूलाई खानेकुरा हालेर खान दिएका थिए । जलपान कार्यक्रम सरकारी पैसामा गरिएको थियो ।

जलपान कार्यक्रममा उपराष्ट्रपति पुनले कति खर्च गरेका हुन् त्यसबारेमा केही जानकारी दिइएन् । उपराष्ट्रपति पुनको जलपानमा अधिकांश आमन्त्रितहरू सत्तारुढ दल नेकपा निकटका थिए ।

Published : Monday, 2018 November 5, 7:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया