कांग्रेसको विधान मस्यौदामा कहाँ अड्कियो कुरा ?

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदाको प्रस्तावनामा समस्या भएको छ ।

मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीमा लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा समेत नेताहरूबीच विवाद देखिएको हो ।

विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्वीकार गरेका छन् ।

उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरूबीच विवाद देखिएकाले मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने–नहुने टुंगो नभएको लेखकले बताए ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित कांग्रेस केन्द्रीय कार्य समितिको बैठक मंगलबार अपरान्ह १ बजे बोलाइएको छ । बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेश हुन सम्भावना टरेर गएको छ ।

कांग्रेसले आगामी मंसीर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाएको छ । उपसमितिहरूले धमाधम महासमिति बैठकको तयारी गरिरहेका छन् ।

महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको एक नेताले बताए ।

Published : Monday, 2018 November 5, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया