एक किलो सुनले यी तीन भाईको तिहार बिथोलियो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले सस्तोमा एक किलो सुन दिने भनेर ठगी गर्न हिँडेको समूहका तीनजनालाई पक्राउ गरेको छ ।

बजार भाउभन्दा सस्तोमा प्रतिकिलो ३५ लाखमा सुन दिने भन्दै ठगी गर्न हिँडेको गिरोहका राजेन्द्र तामाङ, राजु लामा र राजकुमार तामाङलाई प्रहरीले सोमबार भक्तपुरबाट पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । राजेन्द्र धादिङ जिल्ला निवासी हुन् । राजु सिन्धुपाल्चोक र राजकुमार काभ्रे घर भएका व्यक्ति हुन् ।

गोप्य सूचनाका आधारमा भक्तपुरको चागुनारायण नगरपालिका वडा नं. ताथलीस्थित सडकमा सुन जस्तो देखिने नक्कली सुन बेकर हिँड्दै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

चाढ पर्वको बेला ठगीका घटना बढ्न सक्ने भन्दै काठमाडौं प्रहरी अपराध महाशाखाले विशेष अभियान चलाउँदै आएको छ । अभियान अन्तर्गत विभिन्न आपराधिक समूहलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

Published : Tuesday, 2018 November 6, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया