कम्युनिस्टका कारण बिखण्डनकारीले शिर उठाएः डा.शेखर कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान कम्युनिस्ट सरकार र संघीयता असफल भयो भने संविधान नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

पोखरामा मंगलबार बिहान आयोजित कार्यक्रममा डा.कोइरालाले दुई तिहाईको सरकारलाई असफल हुने अधिकार नरहेको बताए । उनले भने, ‘सरकार स्थिर छ । पाँच वर्ष शासन गरोस । राजनीतिक अस्थिरता पनि छ ।’

कम्युनिस्ट सरकारका कारण बिखण्डनकारीले फेरि शिर ठाडो गर्न खोजेको आरोप उनले लगाए । उनले देश कता–कता गैरहेको छ भन्ने कांग्रेसलाई चिन्ता लागेको बताए ।

Published : Tuesday, 2018 November 6, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया