कांग्रेसमा थपिए यी प्रभावशाली नेता, देउवाले दिए ठूलो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक सार्ने निर्णय गरेको छ । विधान मस्यौदा समितिले आफ्नो जिम्मेवारी समयमा गर्न नसकेपछि मंसिर पहिलो हप्ता गर्ने भनिएको महासमिति बैठक सार्ने निर्णय भएको हो ।

ललितपुरस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महासमितिको बैठक मंसिरको २८ गतेदेखि पुसको ३ गतेसम्म सार्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि कांग्रेसले महासमिति बैठक मंसिरको ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न उपसमिति बनाएर काम भैरहेका थिए ।

बैठकले कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गरेको छ । गच्छदारको फोरम लोकतान्त्रिकलाई समायोजन गर्ने पूर्वसहमतिअनुसार उपसभापतिमा मनोनीत गरिएको शर्माले बताए ।

कांग्रेसको बन्दै गरेको नयाँ विधानमा दुईवटा उपसभपाति राख्ने तयारी छ । सोही नयाँ विधानमा रहने दुईमध्येबाट उपसभापतिमा गच्छदारलाई नियुक्ति गरिएको हो ।

फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समायोजन गर्नका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको शर्माले बताए ।

केन्द्रीय कार्यसमिति बैठकले लेखा समितिको संयोजकमा श्यामलाल घिमिरेलाई नियुक्ति पनि गरेको छ ।

Published : Tuesday, 2018 November 6, 4:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया