बाठो हुन खोज्दा यी महिला सचिवको तिहारकै मुखमा बिग्रियो दशा

काठमाडौं । कम्युनिस्ट सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई पुनः जिम्मेवारीबाट हटाएको छ । सरकारको कदमले डा.चौधरी तनावमा परेकी छिन् । उनको तिहार तनावपूर्ण अवस्थामा वित्ने भएको छ ।

दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई आधार मानेर डा.चौधरीले स्वास्थ्य मन्त्रालयको सचिव पदको जिम्मेवारी सम्हालेकी थिइन् ।

सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानूनी व्यवस्था विपरीत डा.चौधरी आफैं मन्त्रालयमा हाजिर भएकामा आपत्ति जनाए ।

मुख्य सचिव रेग्मले डा.चौधरीको चर्तिकलाको आलोचना गर्दै पुनः मन्त्रिपरिषद्मा फर्काएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले डा.चौधरीलाई राहत हुने गरेर सरकारका नाममा अन्तरिम आदेश दिएका थिए ।

चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा.सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो । मंगलबार चौधरीको नाम हटाएर पुनः निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि त्यसको केही प्रक्रियाहरू हुन्छन् । तर, ती प्रक्रियाहरू पूरा नगरेर डा.चौधरीले हतार हतार सचिव पदको जिम्मेवारी सम्हाल्न किन स्वास्थ्य मन्त्रालय पुगिन् भनेर धेरैले आश्चर्य मानेका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको पत्र मन्त्रिपरिषदको कार्यालयमा नपुग्दै डा.चौधरीले कुर्सी सम्हाल्न पुग्नुलाईले आश्चर्यका रुपमा लिएका छन् । डा.चौधरी आइएनजिओ र एनजिओहरूसँग निकट रहेर काम गर्दै आएको भनेर विवदा पनि भइसकेको छ ।

कार्यसम्पादनमा आलाोचना खेप्दै आएकी डा.चौधरीका विरुद्ध स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू पनि सकारात्मक छैनन् । डा.चौधरीले कर्मचारी सुरुवामा समेत अनियमितता गरेर आर्थिक लाभ लिएको आरोप कर्मचारीहरूले लगाउँदै आएका छन् ।

Published : Wednesday, 2018 November 7, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया