तिहारको मौकामा देउवाले दिए कांग्रेसीहरूलाई घत लाग्ने निर्देशन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले कांग्रेसलाई बलियो बनाउने दायित्व सबै नेता र कार्यकर्ताको रहेको बताए ।

उनले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताए । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न आग्रह गरे ।

उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताए । सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुँन भन्दै पार्टीका सबै नेता, कार्यकर्तालाई सम्झाएका छन् ।

Published : Friday, 2018 November 9, 9:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया