भाइटीकाको अघिल्लो दिन गाउँकै बदनम गरे यी युवाहरूले

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा झडप भएको छ ।

दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

प्रहरीले झडपको घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।

Published : Friday, 2018 November 9, 9:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया