देउसी भैलो खेल्दा रामेछापमा झडप, तीनको अवस्था गम्भीर

मन्थली । रामेछाप जिल्लामा मदिरा सेवन गरेर देउसी भैलो खेल्ने क्रममा झडप हुँदा आठजना घाइते भएका छन् ।

मन्थली नगरपालिकाको वडा नं. ७ स्थित भटौलीमा शुक्रबार राति साढे १० बजेतिर स्थानीय दुई समूहबीच झडप भएको हो । झडपमा घाइते भएका मध्ये दुईको अवस्था चिन्ताजनक रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खेमबहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी, सोममाया माझी र पूर्णबहादुर माझी घाइते भएका छन् ।

घाइतेमध्ये पूर्णबहादुर माझी, सोममाया माझीसहित तीनजनाको काठमाडौंमा उपचार भइरहेको छ । घाइते तीनैजनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

झडपमा संलग्न केही व्यक्ति फरार छन् । बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ ।

Published : Saturday, 2018 November 10, 4:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया