कम्युनिस्ट सरकारले यी राजदूतलाई फिर्ता बोलायो

काठमाडौं । कम्युनिस्ट सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार राति बसेको बैठकले राजदूत राईलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राजदूत राईको कार्यकाल अझै १ वर्ष बाँकी छ । राईलाई अर्काे कुनै महत्वपूर्ण जिम्मेवारी दिन गरेर फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

राजदूत राईलाई न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि नेपाली नियोगको प्रमुख बनाइने सम्भावना छ ।

परराष्ट्र मन्त्रालयको सहसचिवका रुपमा राजदूत बनाइएका राई मन्त्रालयभित्र असल, इमान्दार र धेरै चलखेल नगर्ने कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

सरकारले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत बनाउने निर्णय गरेको छ ।

यी मध्ये आचार्य श्रीलङ्काका लागि पूर्व नेपाली राजदूत हुन् भने पाण्डे साउदी अरबका लागि पूर्व नेपाली राजदूत ।

Published : Monday, 2018 November 12, 11:41 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया