सुजाताको घरमा किन जम्मा भए कांग्रेसका यी नेताहरू ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका आधा दर्जन नेताहरूको भेटवार्ता भएको छ ।

काठमाडौंको मण्डिखाटारस्थित कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सोमबार वार्ता भएको हो । भेटवार्तामा कांग्रेसको विधान संशोधन र महासमिति बैठक तथा कम्युनिस्ट सरकारको कामकारबाहीका विषयमा कुराकानी भएको एक नेताले बताए ।

भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, सुजाता कोइराला, डा.रामशरण महत र डा.शेखर कोइरालावीच पछिल्लो राजनीतिक विषयमा कुराकानी र भेटवार्ता भएको हो ।

नेतृ सुजाता कोइरालाको निवासमा भएको भेटवार्तामा कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता कृष्णप्रसाद सिटौला समूहलाई भने बोलाइएको थिए ।

Published : Monday, 2018 November 12, 2:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया